नेपाललाई सुरुवाती सफलता, सिंगापुरको तीन विकेट गयो

 भदौ १७, २०७५ आइतबार ७:४८:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

टस जितेर ब्याटिङ्ग थालेको सिंगापुरले तीन विकेट गुमाएको छ । नेपालका सोमपाल कामीले २ र ललित नारायण राजवंशीले १ विकेट लिएका हुन् ।

सिंगापुरले सुरुको चार ओभरकै खेलमा तीन विकेट गुमाएको हो । 

पहिलो खेलमा ओमान र दोस्रो खेलमा युएईसँग पराजित भएको नेपालले शनिबार आयोजक मलेसियालाई हराएको थियो । 

नेपाल अघिल्ला तीनै खेल हारेको सिंगापुरविरुद्ध सहज जितको खोजीमा छ ।  नेपालले सिंगापुरसँग अहिलेसम्म ५ पटक खेलेको छ । जसमा सबै खेलमा नेपाल विजयी भएको छ ।  

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया