इरान र इजरायलबीच युद्ध चर्किन सक्ने जोखिम तत्काललाई टरेपछि मध्...
बैशाख ८, २०८१ शनिबार
टस जितेर ब्याटिङ्ग थालेको सिंगापुरले ६ विकेट गुमाएको छ । नेपालका सोमपाल कामीले २ र ललित नारायण राजवंशीले २ पारस खड्का र सन्दीप लामिछानेले एक एक विकेट लिएका हुन् ।
सिंगापुरले सुरुको चार ओभरकै खेलमा तीन विकेट गुमाएको हो । ३१ अाेभरकाे खेल सकिँदा सिंगापुरले १ सय २६ रन बनाएकाे छ । पहिलो खेलमा ओमान र दोस्रो खेलमा यूएईसँग पराजित भएको नेपालले शनिबार आयोजक मलेसियालाई हराएको थियो ।
नेपाल अघिल्ला तीनै खेल हारेको सिंगापुरविरुद्ध सहज जितको खोजीमा छ । नेपालले सिंगापुरसँग अहिलेसम्म ५ पटक खेलेको छ । जसमा सबै खेलमा नेपाल विजयी भएको छ ।