सिंगापुरले दियो नेपाललाई १ सय ५२ रनको लक्ष्य, चम्किए ललित र सन्दीप

 भदौ १७, २०७५ आइतबार १०:१७:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

एसिया कप क्रिकेटको छनोट प्रतिस्पर्धामा सिंगापुरले नेपाललाई १ सय ५२ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ्ग रोजेको सिंगापुरले ४२ ओभरमा सबै विकेट गुमाएर १५१ रन बनायो ।

सुरुवात राम्रो गर्न नसकेको सिंगापुरले १८ रन बनाउदा तीन विकेट गुमाएको थियो । सिंगापुरका सुरुवाती तीन खेलाडीले दोहोरो अंक छुन सकेनन् । चौथो विकेटका लागि चेतन रामचन्द्र र अनिश इडवार्डले ८० रनको साझेजारी गर्दै टिमलाई सम्हाल्ने प्रयास गरेका थिए ।

तर उनको जोडीलाई दिपेन्द्र ऐरीले तोडे । अनिशलाई दिपेन्द्रले ३१ रनमा रनआउट गरेपछि सिंगापुर ९८ रनमा चार विकेट गुमायो । तर सिंगापुरको विकेट झर्ने क्रम यतिमा रोकिएन । 

एक सय १८ रन बनाउदा सिंगापुरका ६ जना खेलाडी पेभेलियन फर्किएका थिए । जब उसका कप्तान चेतन ६० रनमा आउट भए त्यसपछि सिंगापुरको पारी पुरै खस्कियो । 

नेपालका ललित नारायण राजवंशी र  सन्दीप लामिछानेले तीन –तीन सोमपाल कामीले दुई पारस खड्का र बसन्त रेग्मीले एक–एक विकेट लिएका हुन् ।

सिंगापुरले सुरुको चार ओभरकै खेलमा तीन विकेट गुमाएको हो । 

पहिलो खेलमा ओमान र दोस्रो खेलमा यूएईसँग पराजित भएको नेपालले शनिबार आयोजक मलेसियालाई हराएको थियो । 

नेपाल अघिल्ला तीनै खेल हारेको सिंगापुरविरुद्ध सहज जितको खोजीमा छ ।  नेपालले सिंगापुरसँग अहिलेसम्म ५ पटक खेलेको छ । जसमा सबै खेलमा नेपाल विजयी भएको छ ।  

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया