दूरसञ्चार प्राधिकरणमा अब को ?

 भदौ १७, २०७५ आइतबार ११:८:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं – नेपाल दूरसञ्चार प्राधिकरणको प्रमूखका लागि दौडधुप सुरु भैसकेको छ । दूरसञ्चार प्राधिकरण नेपालको टेलिकम क्षेत्रको नियमन र विकासका लागि नेतृत्व गर्ने सरकारी निकायको कार्यकारी पदका लागि तीन जनाको नाम सिफारिस भएको छ ।

जसको प्रमूखका लागि पूर्व सचिव शुशिल घिमिरे र प्राधिकरणकै वरिष्ठ निर्देशक पुर्षोत्तम खनाल व्यवस्थापन र अर्थशास्त्रका दक्ष २० वर्ष सरकारी सेवामा काम गरेका दिगम्बर झा प्रतिस्पर्धामा रहेका छन् ।

खासगरी लामो समय प्राधिकरणमा प्रमूखको रुपमा महत्वपूर्ण काम गरेका दिगम्बर झा पनि प्रतिस्पर्धी भएपछि प्राधिकरणभित्रकै केही अधिकारी तथा दूरसञ्चार माफियाको निन्द्रा खोसिएको छ । उहाँलाई अयोग्य प्रमाणित गर्नका लागि विभिन्न तानाबुना बुन्ने क्रम सुरु भएको प्राधिकरणकै कर्मचारीहरुले बताएका छन् ।  

लामो समय सरकारी सेवामा रहेका झाले प्राधिकरणको नेतृत्व लिएर एउटा निम्सरो संस्थालाई बलियो संस्थाका रुपमा स्थापित गर्नुभएकाे थियाे । 

प्राधिकरणको अध्यक्ष रहेका झाको नियुक्ति निर्वाचन आचार संहिताका कारण वर्तमान सरकारले खारेज गरेको थियो । उहाँलाई कुनै पनि असक्षमता तथा कारवाहीका आधारमा हटाइएको थिएन । त्यसअघिका तीन वर्षमा उहाँले दूरसञ्चार सेवालाई आम जनताको पहुँचसम्म पुर्‍याउन उल्लेख्य भूमिका निर्वाह गर्नुभएकाे थियाे । 

झा कै पालामा ब्रोड ब्याण्ड इन्टरनेट भित्र्याइयाे । नेपालका लागि सूचना प्रविधी (आईटीसी) नीति पारित भएकाे थियाे । 

झाले यसबीचमा नेपालका लागि महत्वपूर्ण सूचना महामार्ग (इन्फरमेशन सुपर हाइवे) अवधारणा पनि अघि सार्नुभएकाे थियाे । मध्यपहाडी लोकमार्गमा ९६ कोरको अप्टीकल फाइबर केबल हुने र त्यसलाई हरेक जिल्ला सदरमुकासंग जोड्ने उनको योजना अनुसारको काम अघि बढिरहेको छ । 

त्यस्तै उत्तर दक्षिण राजमार्गमा जोड्ने तथा सबै जिल्ला सदरमुकार र नगरपालिका पनि जोड्ने सपनाकासाथ काम अघि बढाउनुभएको थियाे । यसका लागि नेपालका तीन ठूला सेवा प्रदायक नेपाल टेलिकम, एनसेल र स्मार्ट सेललाई ठेक्कासमेत दिइसकेका छन् । यी काम सम्पन्न हुँदा नेपालमा इन्टरनेट पहुँचमा ऐतिहांसिक काम हुनेछ । 

त्यस्तै,  ब्रोडव्याण्ड (तीब्र गतीको इन्टरनेट) मा सबैको पहुँच पुर्याउन ७७ जिल्लालाई १८ वटा प्याकेजमा बाँडेर काम भैरहेकाे छ । तीमध्ये भूकम्प प्रभावित ११ जिल्लामा काम सकिइसकेको छ । सबै सबै वडा कार्यालय, गाउँपालिका तथा नगरपालिका तथा सबै स्वास्थ्य केद्र र सामुदायिकक तथा उच्च माध्यमिक विद्यालयमा दुई वर्षसम्म निशुल्क ब्रोडव्याण्ड उपलब्ध गराउने महत्वकांक्षी परियोजनासमेत झाले अघि बढाउनु भएकाे थियाे । 

उहाँकै पालामा दुर सञ्चार सेवा प्रदायकहरुलाई फोर जी उपलब्ध गराएर सेवासमेत सुरु भएकाे हाे । 

पछिल्लो पटक सेवा प्रदायक निकायहरुले एउटा टावर प्रयोग गर्ने अवधारणामासमेत काम गरिरहेका थिए । एउटै टावर दूरसञ्चार सेवा प्रदायक सबैले प्रयोग गरे ३० प्रतिशतसम्म सस्तो पर्न जान्छ याे प्रकृया अहिले मन्त्रालय पुगेको छ । 

झाले तीन वर्षको अवधिमा ६ जना मन्त्रीसँग काम गर्नुभएको छ । "मैले संधै अप्ठ्यारोमा पनि काम गरेँ । इमान्दार भएर टिम वर्कमा काम गर्छु" झाले भन्नुभयाे । 

नेपालले आफ्नै स्याटेलाइट राख्नका लागि अर्बिटल स्लटसमेत पाएको छ । जसलाई अघि बढाउन विभिन्न अन्तर्राष्टिय कम्पनीले टेन्डरमा भाग लिएका छन् । 
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया