पाँचथर अस्पतामा १२ वर्षपछि एपेन्डिसाइटिसको सफल शल्यक्रिया

 भदौ १७, २०७५ आइतबार २०:४१:४२ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर – जिल्ला अस्पताल पाँचथरमा १२ वर्षपछि एपेन्डिसाइटिसको सफल शल्यक्रिया भएको छ । 

अस्पतालमा हिलिहाङ गाउँपालिका–५ कि ३० वर्षीय रेनुका खुदाङको एपेन्डिसाइटिसको सफल शल्यक्रिया गरिएको हो । एपेन्डिसाइटिसको सफल शल्यक्रियासँगै अस्पतालले १२ वर्षपछि थप सफलता पाएको हो ।

यसअघि जिल्ला अस्पतालमा प्रसुतिसम्बन्धी रोगको मात्र शल्यक्रिया हुँदै आएको थियो । 

केही महिना अघिमात्र जिल्ला अस्पताल पाँचथरमा आउनुभएका डाक्टर बुद्धिबहादुर थापा नेतृत्वको स्वास्थ्यकर्मीहरुको टोलिले सफल अप्रेसन गरेको हो । 

अस्पतालमा रहेको पुरानै स्रोत, साधनको प्रयोग गरी शल्यक्रिया गरिएको डाक्टर थापाले बताउनुभयो । आउने दिनहरुमा पनि यस्ता समस्याहरुलाई जिल्ला अस्पतालमै उपचारको प्रयास गर्ने उहाँको भनाई छ ।
 

अन्तिम अपडेट: चैत १४, २०८०

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया