पहिरोमा तीन बालबालिका पुरिए, बाबुआमा घाइते

 भदौ १८, २०७५ सोमबार ६:१०:४ | उज्यालो सहकर्मी
unn.prixa.net

सल्यान - सल्यानको बागचौर नगरपालिका १२ ओख्रेनी मुलखोलामा पहिरोमा तीन बालबालिका पुरिएका छन् ।

आइतबार बेलुकी ५ बजेतिर स्थानीय बालाराम डाँगीको घर पहिरोमा पुरिंदा उहाँका १० वर्षीय छोरी ललिता, ७ वर्षीय छोरा ललित र ४ वर्षकी छोरी मेनका  बेपत्ता भएका १२ नम्बर वडाका अध्यक्ष दिपक वलीले जानकारी दिनुभयो ।

पहिरोमा परेर बालाराम डाँगी र उहाँकी श्रीमती समेत घाइते हुनु भएको छ । घरमा बालबालिकाले खाना खाँदै गरेका बेला पहिरो खसेको थियो ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया