पहिरोले पुरिएका तीनजना बालबालिकाको अझै उद्धार हुन सकेन

 भदौ १८, २०७५ सोमबार ७:३६:२८ | पुरुषोत्तम गिरी
unn.prixa.net

सल्यान – बागचौर नगरपालिका –१२ ओख्रेनी मुलखोलामा पहिरोमा पुरिएका बालकालिका अझैसम्म पनि फेला परेका छैनन् । आइतबार बेलुका करिब ५ बजेतिर स्थानीय बालाराम डाँगीको घर पहिरोमा पुरिँदा उहाँका २ छोरी र १ छोरा पुरिएर बेपत्ता भएका हुन् ।

पहिरोमा उहाँकी १० वर्षीया छोरी ललिता, ७ वर्षीय छोरा ललित र ४ वर्षकी छोरी मेनका रहेको वडाध्यक्ष दिपक वलीले जानकारी दिनुभयो । 

घर माथिबाट आएका ढिस्कोले बालकालिका बसेको भान्छाकोठा पुरिएको थियो ।  सँगै रहेका बालाराम डाँगी र उनकी श्रीमतीलाई सामान्य चोट लागेको प्रहरीले जनाएको छ । 

घटनास्थल पुग्न सडकखण्डबाट झण्डै ५ घण्टा पैदल हिँड्नु पर्ने भएकाले प्रहरी राति १२ बजे पुगेको प्रहरी प्रमुख डीएसपी विरेन्द्र बहादुर शाहीले बताउनुभयो । प्रहरी अबेर राति पुगेको र राति पानी परेकाले उद्दार गर्न कठिनाइ भए पछि बिहानैदेखि स्थानीय र प्रहरी उद्दार कार्यमा जुटेको उहाँले बताउनुभयो । 

उद्दारका लागि इलाका प्रहरी कार्यालय सिमखोली र इलाका प्रहरी कार्यालय थारमारेबाट प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख विरेन्द्र बहादुर शाहीले जानकारी दिनुभयो । अहिले जिल्ला बाट प्रमुख जिल्ला अधिकारी, डीएसपीलगायतको जिल्लाबाट एक टोली उद्दारका लागी घटनास्थल जान लागेको उहाँले जानकारी दिनुभयो । 


 

अन्तिम अपडेट: चैत २३, २०८०

पुरुषोत्तम गिरी

पुरुषोत्तम गिरी सल्यानका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया