सल्यानमा पहिरोमा पुरिएका तीन बालबालिकाको मृत्यु

 भदौ १८, २०७५ सोमबार ८:५३:५३ | पुरुषोत्तम गिरी
unn.prixa.net

सल्यान – पहिरोमा पुरिएका तीन बालबालिकाको ज्यान गएको छ । सोमबार बिहान उद्दार टोलीले पुरिएको अवस्थामा उनीहरुको शव निकालेको हो ।

सल्यानको बागचौर नगरपालिका १२ ओख्रेनी मुलखोलामा आइतबार बेलुकी खसेको पहिरोले बालाराम डाँगीको घर पुरिँदा उहाँका १० वर्षीय छोरी ललिता, ७ वर्षीय छोरा ललित र ४ वर्षकी छोरी मेनकाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

प्रहरीका अनुसार आमाबाबु गोठमा गएका बेला घर भित्र बसेका बालबालिका पहिरोमा परेका हुन् । 

याे पनि पढ्नुहाेस् । 

पहिरोले पुरिएका तीनजना बालबालिकाको अझै उद्धार हुन सकेन
 

अन्तिम अपडेट: मंसिर २९, २०७५

पुरुषोत्तम गिरी

पुरुषोत्तम गिरी सल्यानका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया