जर्ज डब्लू बुशले मिसेल ओबामालाई चकलेट दिएपछि...

 भदौ १८, २०७५ सोमबार १८:३३:४१ | एजेन्सी
unn.prixa.net

अमेरिकाका पूर्व राष्ट्रपति जर्ज डब्लू बुश र पूर्व प्रथम महिला मिसेल ओबामालाई लिएर अहिले मिडियामा अनेकथरि टिप्पणी भइरहेका छन् । 

अमेरिकी सिनेटर जोन म्याककेनको अन्तिम यात्रामा पूर्व अमेरिकी राष्ट्रपति जर्ज डब्लू बुशले आफ्नी श्रीमती लारा बुशको हातबाट चकलेट समातेर पूर्व राष्ट्रिपति बाराक ओबामाकी श्रीमती मिसेल ओबामाको हातमा राखिदिएका थिए ।

जर्ज डब्लू बुशले चक्लेट दिएपछि मिसेल ओबामाले धन्यवाद ज्ञापन गरेको भिडियोमा देखिन्छ । उनीहरुको यो भिडियो क्लिप जब सामाजिक सञ्जालमा भाइरल भयो मान्छेहरुले अनेकथरि टिप्पणी गर्न थाले । 

 

उनीहरु दुईटै अलगअलग राजनीतिक पार्टीका हुन् । मिसेल ओबामा डेमोक्रेट पार्टीकी नेता हुन भने बुश रिपब्लिक पार्टीका नेता हुन् । अलग–अलग राजनीतिक आस्थाका भएर पनि आखिर जर्ज डब्लू बुशले मिसेल ओबामालाई चक्लेट किन दिए त ? यो प्रश्नले सामाजिक सञ्जालमा अनेकथरि प्रतिक्रियाहरु आउन थाले ।

 

शोकसभामा यसरी चक्लेटको आदानप्रदान गर्नुले ट्विटरलाई नै भावुक बनाएको छ । ट्विटरमा आएका प्रतिक्रियालाई लिएर ट्विटर आफैले उक्त भिडियोलाई एक विशेष क्षण भन्दै प्रकाशन पनि गरेको छ । 

पत्रकार ब्लेन अलेक्जेण्डरले उक्त भिडियोमा टिप्पणी गरेकी छिन्, ‘हामीमध्ये कतिपयले सायद चर्चमा पेपरन्ट चकलेट हस्तान्तरणमा भाग लिएका छैनौं । उनका अनुसार बुशले मिसेललाई पिपरमिन्ट चकलेट पास गरेका थिए ।


 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया