कराेड रुपैयाँभन्दा बढीकाे यार्सा गुम्बासहित एकजना पक्राउ

 भदौ १८, २०७५ सोमबार १८:४०:१२ | गोविन्द शर्मा
unn.prixa.net

 
बाँक – नेपालगञ्ज विमानस्थलबाट प्रहरीले ठूलो परिमाणको यार्सा गुम्बासहित एकजनालाई नियन्त्रणमा लिएको छ ।
 
डोल्पाबाट समिट विमानमा नेपालगञ्ज अवतरण गरेका डोल्पा ठूलो भेरी नगरपालिका–६, का  श्रवणकुमार बुढालाई ६ किलो एकसय ग्राम यार्सा सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी अरुण पौडेलले जानकारी दिनुभयो । 

बुढाले अबैध यार्सागुम्बा ल्याएको भन्ने सूचनाको आधारमा पक्राउ परेका बुढाको साथबाट डिजिटल  तराजुसमेत बरामद गरिएको छ । 
पक्राउ गरिएका बुढालाई  यार्सा गुम्बासहित जिल्ला वन कार्यालय बाँकेमा बुझाइएको छ । जिल्ला वन कार्यालय बाँकेले वन मुद्धामा अनुसन्धान भइरहेको  जनाएको छ ।
बरामद गरिएको यार्सागुम्बाको बजार मूल्य करिब सवा करोड रहेको प्रहरीले जनाएको छ । 

क्याप्सन ः प्रहरीले बरामद गरेको यार्सागुम्बा । 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया