प्रदेशसभामा तीनवटा विधेयक पारित

 भदौ १८, २०७५ सोमबार १८:५६:३५ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – प्रदेश ३ को सोमबारको प्रदेश सभा बैठकले ३ विधेयक पारित गरेको छ ।

प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश दुग्ध विकास बोर्ड स्थापना र व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश विपद व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतिले पारित गरेको हो । 

प्रदेशसभा बैठकको विशेष समयमा बोल्दै प्रदेशसभा सदस्य सन्तबहादुर प्रजाले पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौँडा–चितवन सडक खण्ड मर्मत हुनुपर्ने, मकवानपुरको राक्सिराङमा प्रहरी चौकी स्थापना हुनुपर्ने माग गरेका थिए ।

प्रदेशसभा सदस्यहरुले राजधानीको विषय तत्काल टुंग्याउन, संसदलाई नियमित बिजनेस दिन र बलात्कारलगायतका महिला हिंसामा संलग्नलाई कडा भन्दा कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया