भोजपुरमा आमा बलात्कार गर्नेलाई जन्मकैद

 भदौ १८, २०७५ सोमबार १९:८:२८ | बुद्ध तामाङ

भोजपुर – भोजपुर अदालतले आमा बलात्कार गर्नेलाई जन्मकैदको फैसला सुनाएको छ । साल्पासिलिछो गाउँपालिकाका २७ वर्षीय एक युवकलाई जन्मकैदको फैसला भएको हो ।

६२ वर्षीया आमालाई पटक–पटक बलात्कार गरेको आरोप लागेका ती युवालाई जिल्ला न्यायाधीश हरिश्चन्द्र इङनामको इजलासले २७ वर्षको जन्मकैद सजाय सुनाएको जिल्ला अदालत भोजपुरका सूचना अधिकारी मणिराम पोखरेलले जानकारी दिनुभयो । युवकलाई हाडनाता करणीतर्फको कैद भएको सूचना अधिकारी पोखरेलले बताउनुभयो ।

पीडित आमालाई पटक–पटक छोराले बलात्कार गरेपछि स्थानीय  नागरिक न्यायिक समितिमा पुगेका थिए । न्यायिक समितिले घटना मिलाउन नमिल्ने भन्दै जिल्ला प्रहरी कार्यालय भोजपुरमा पठाएको थियो । ती युवकलाई गएको असार ४ गते आमा बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।


 

अन्तिम अपडेट: फागुन ३०, २०८०

बुद्ध तामाङ

बुद्ध तामाङ भोजपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया