एसिया कप छनोट : नेपाल फाइनल पुग्न चमत्कार नै हुनुपर्ने

 भदौ १८, २०७५ सोमबार १९:४०:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – एसिया कप क्रिकेट छनोट अन्तर्गत नेपालले लिगको अन्तिम खेलमा भोलि चिरप्रतिद्वन्द्वी हङकङसँग खेल्दैछ । फाइनलमा पुग्नका लागि चामत्कारिक प्रदर्शन गर्नुपर्ने नेपाललाई सामान्य जितले पनि पर्याप्त हुनेछैन ।
 
एसिया कप छनोटको सुरुवाति दुई खेलमा पराजित भएपछि नेपालले फाइनलमा पुग्नका लागि अरुको भर पर्नुपरेको छ । त्यो पनि आफूले ठूलो मार्जिनको जित निकालेर पनि अरुले त्यही अनुसारको नतिजा हात पार्नुपर्नेछ ।
 
भोलि नेपालले हङकङलाई कम्तीमा एक सय ५० रनलाई हराएमा पनि पुग्दैन । यता यूएईलाई पनि ओमानले करिब त्यस्तै नतिजाले हराउनु पर्नेछ । अंक तालिकामा ओमानको ७ अंक छ भने यूएईको ६ र हङकङको ५ अंक छ । भोलिको दिन चमत्कार भए मात्र नेपाललाई फाइनलमा पुग्न सम्भव हुदा नेपाल भने दबाबमुक्त भएर खेल्नेछ ।
 
किनकी आफ्नो हातबाट खेल गइसकेको अवस्थामा नेपालले हङकङलाई सक्दो ठूलो मार्जिनले हराउने लक्ष्यमा छ । अन्तर्राष्ट्रिय क्रिकेटमा यी दुई टिम चिरप्रतिद्वन्द्वी जस्तै हुन । पछिल्ला सात खेलमा नेपाल र हङकङ ७ पटक खेलेका छन जसमा नेपालले चार खेलमा जित निकालेको छ भने हङकङ दुई खेलमा विजयी भएको छ । एक खेल रद्द भएको छ ।

नेपाल र हङकङको हेड टु हेड

सन् २०१२ एसीसी ट्रफी एलिट            नेपाल १२५ रनले विजयी
 
 
२०१४ विश्वकप छनोट                       हङकङ १० विकेटले विजयी
 
२०१४ एसीसी प्रिमियर लिग               नेपाल ७ विकेटले विजयी
 
२०१७ एसीसी इमर्जिङ कप               नेपाल ७ विकेटले विजयी
 
२०१७ विश्व क्रिकेट लिग पहिलो खेल    हङकङ ८३ रनले पराजित
 
२०१७ विश्व क्रिकेट लिग च्याम्पियनसिप   दोस्रो खेल वर्षाका कारण रद्द
 
२०१८ विश्वकप छनोट                       नेपाल ५ विकेटले विजय

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया