फेरि बढ्यो इन्धनको मूल्य, ११३ पुग्यो पेट्रोलको भाउ

 जेठ १९, २०७५ शनिबार २१:१५:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाल आयल निगमले खाना पकाउने ग्यास बाहेक इन्धनको भाउ फेरि बढाएको छ । 

शनिबार राति १२ बजेबाट लागु हुनेगरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३–३ रुपैयाँ भाउ बढाएको छ । यस्तै, हवाइ इन्धनमा आन्तरिकतर्फ ५ रुपैयाँ र अन्तर्राष्ट्रियमा प्रतिकिलोलिटर ७५ डलर वृद्धि भएको  निगमका प्रवक्ता विरेन्द्र गोइतले जानकारी दिनुभयो । खाना पकाउने एलपीजी ग्यासको मूल्य भने बढेको छैन ।

शनिबार रातिदेखि पेट्रोलको भाउ १ सय १३ रुपैयाँ पुग्नेछ भने डिजेल र मट्टीतेलका लागि भने अब उपभोक्ताले ९५ रुपैयाँ तिनुपर्नेछ । भारतीय आयल निगम (आईओसी) ले नयाँ मूल्यसूची पठाएसँगै नेपाल आयल निगमले मूल्य समायोजन गर्दै आएको हो । आईओसीले १५–१५ दिनमा नयाँ मूल्यसूची पठाउने गरेको छ । 

निमगले अझै आफ्नो घाटा मासिक ३७ करोडभन्दा धेरै रहेको प्रवक्ता गोइतले बताउनुभयो । गएको १५ दिनको घाटा नै  १८ करोड ६२ लाख पुगेको उहाँले जानकारी दिनुभयो । 

पछिल्लो पटक भारतीय बजारमा अन्य दक्षिण एसियाली राष्ट्रहरुमा भन्दा पेट्रोलियम पदार्थको मूल्य महंगो भएको भन्दै भारतीय जनता पार्टी नेतृत्वको सरकारको आलोचना हुँदै आएको छ । भारतीय बजारमा प्रतिलिटर पेट्रोललाई १२४ नेपाली रुपैयाँ तिनुपर्नेछ । त्यस्तै भारतीय बजारमा डिजेलको मूल्य प्रतिलिटर ११० नेपाली रुपैयाँ रहेको छ ।
 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया