सामी परियोजना सञ्चालनका लागि स्वीट्जरल्याण्डको दुई अर्ब अनुदान

 भदौ २०, २०७५ बुधबार १५:५७:४९ | रासस
unn.prixa.net

काठमाडौं – सुरक्षित आप्रवासन सामी परियोजनाको तेस्रो चरण कार्यान्वयन गर्न नेपाल सरकारलाई स्वीट्जरल्याण्ड सरकारले दुई अर्ब रुपैयाँ अनुदान सहयोग दिने भएको छ । 

अर्थमन्त्रालयमा बुधवार आयोजित कार्यक्रममा अर्थसचिव डाक्टर राजन खनाल र नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एलिजाबेथ भन क्यापिलर ओस्वाल्डले सहयोगसम्बन्धी सम्झौता पत्रमा हस्ताक्ष गर्नुभयो । 

चार वर्षे सो परियोजना १६ सेप्टेम्बर २०१८ देखि कार्यान्वयन भएर १५ जुलाई २०२२ सम्म रहने छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मुख्य संयोजन गरी सामी परियोजना सातवटै प्रदेश समावेश हुने गरी ३९ जिल्लाका नगरपालिका र गाउँपालिका मार्फत कार्यान्वयन गरिने छ ।

यसअघि पनि मन्त्रालयले सामी परियोजना पहिलो र दोस्रो चरणसम्पन्न गरिसकेको छ । ती जिल्लाबाट वर्षेनी पाँच हजारभन्दा बढी वैदेशिक रोजगारीमा जाने तथ्याङ्क रहेको छ । 

परियोजनाले सुरक्षित आप्रवासनका लागि कानुनी सहायता, तालिम, क्षमता अभिवृद्धि, सूचना, वित्तीय साक्षरता, मनोसामाजिक परामर्शलगायतका क्षेत्रमा काम गरिरहेको छ । 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया