जापानमा ६ दशमलव ६ रेक्टरस्केलको भूकम्प

 भदौ २१, २०७५ बिहिबार ७:५५:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

जापानमा ६ दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको छ । जापानको उत्त्तरी क्षेत्रमा पर्ने सापोरोको होकाइदो केन्द्रविन्दु भएर गएको भूकम्पको धक्का झण्डै २० सेकेण्ड महसुस गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् ।

स्थानीय समय अनुसार बिहान ३ बजे गएको भूकम्पका बेलामा भर्‍याङबाट लडेर ८२ वर्षका एक वृद्धको ज्यान गएको छ । कम्तीमा १० जना घाइतेलाई अस्पताल लगिएको छ । भूकम्पका कारण केही घर भत्किएका छन् ।

भत्किएका घरमा केही व्यक्ति फसेका प्रहरीले अनुमान गरेको छ । उद्धारको कामलाई प्राथमिकता दिन प्रधामन्त्री सिन्जो आवेले निर्देशन दिएका छन् । भूकम्पको परकम्प अहिले पनि आइरहेको छ । तर सुनामीको खतरा भने नरहेको खबरमा उल्लेख छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया