कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सर्‍याे

 भदौ २१, २०७५ बिहिबार ८:२५:२४ | उज्यालो सहकर्मी

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक एकहप्ता सरेको छ । विहीबार बिहान ११ बजेका लागि बोलाइएको बैठक नेताहरुको व्यस्तताका कारण भदौ २८ गतेका लागि सारिएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । 

पार्टीको अनुशासन समिति र कार्यसम्पादन समिति गठन गर्नेलगायत विषयमा छलफलमा लागि बैठक बोलाइएको थियो । 

सभापति शेरवहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच दुवै समितिमा राख्ने नेताहरुको नामका विषयमा थप गृहकार्य गरेर २८ गतेको बैठकमा पेश गर्ने तयारी रहेको नेताहरुले बताएका छन् । 
 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया