रियाल थोरै घटबढ, रिंगिट र वन स्थिर

 बैशाख २१, २०७५ शुक्रबार १८:८:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं, वैशाख २१ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ ३५ पैसा र विक्रिदर २८ रुपैयाँ ५१ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ २१ पैसा र विक्रिदर २९ रुपैयाँ ३७ पैसा छ । युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ ९५ पैसा र विक्रिदर २९ रुपैयाँ ११ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ०४ पैसा र विक्रिदर २७ रुपैयाँ १९ रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ८९ पैसा र विक्रिदर ९ रुपैयाँ ९४ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ५२ रुपैयाँ ८७ पैसा छ भने विक्रिदर ३ सय ५४ रुपैयाँ ८६ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर २ सय ८१ रुपैयाँ ९८ पैसा र विक्रिदर २ सय ८३ रुपैयाँ ५७ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया