पालुङटारमा पारस र हिमानी सँगै देखिए

 भदौ २१, २०७५ बिहिबार १२:२२:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

गोरखा – पूर्व युवराज पारस शाह र पूर्व युवराज्ञी हिमानी शाह लामो समयपछि सार्वजनिक कार्यक्रममा सँगै देखिएका छन् । गोरखाको पालुङटारमा बनेको भवानी माविको नयाँ भवन उद्घाटन गर्ने कार्यक्रममा पूर्व रानी कोमल शाहसँगै पारस र हिमानी पुगेका हुन् ।

विद्यालय उद्घाटन कार्यक्रमको लागि कोमल, पारस, हिमानी र प्रेरणा शाह बिहान पालुङटार पुगेका हुन् । 

हिमानी कोष र बुद्धिस्ट अर्गनाइजेसन, जुडो शुले संयुक्त रुपमा बनाएको विद्यालय भवनको कोमल शाहले उद्घाटन गर्नुभयो । करिब ५ करोड रुपैयाँको लगानीमा ८ कोठे विद्यालय भवन बनाइएको हो । 
 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया