निर्मला पन्त हत्या प्रकरणमा प्रारम्भिक अनुसन्धानमै प्रहरी चुक्यो : मानव अधिकार अायाेग

 भदौ २१, २०७५ बिहिबार १५:४३:१३ | दुर्गा उपाध्याय
unn.prixa.net

कञ्चनपुर – निर्मला पन्तको हत्या प्रकरणमा प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानमा त्रुटि भएको राष्ट्रिय मानव अधिकार आयोगका सदस्य तथा प्रवक्ता मोहना अन्सारीले बताउनुभएको छ ।

बिहीबार महेन्द्रनगरमा भएको पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय मानव अधिकार आयोगका सदस्य तथा प्रवक्ता मोहना अन्सारीले आयोगले गरेको प्रारम्भिक अध्ययन प्रतिवेदनमा निर्मलाको हत्यामा प्रहरीको प्रारम्भिक अनुसन्धानमै त्रुटि भेटिएको बताउनुभएको हो ।

उहाँले जुन प्रक्रियाबाट निर्मलाको घटनाको त्यो प्रक्रियाबाट अनुसन्धान हुन नसकेको बताउदै प्रहरी प्रारम्भिक अुनसन्धान मै चुकेको बताउनुभयो ।

‘हाम्रो टिमले गरेको अध्ययन गरेर तयार पारेको प्रतिवेदनमा हेर्दा प्रहरी प्रारम्भिक अनुसन्धामै चुकेको देखिन्छ’, प्रवक्ता अन्सारीले भन्नुभयो ‘यो एउटा घटनाले गर्दा यस्तो भएको होइन् । यसमा अरु थुप्रै घटनाहरु पनि जोडिएका छन् ।’

उहाँले निर्मलाको बलात्कारपश्चात हत्याको अभियोगमा पक्राउ परेका दिलिपसिंह विष्टलाई उपचारका नाममा काठमाडौं लगेर प्रहरीले अँध्यारो कोठमा बन्दी बनाएर राखेको भन्दै खबर आएकाले उसको अवस्था बुझ्न केन्द्रमा खबर गरिसकेको बताउनुभयो ।

महिलामाथि हुने हिंसाका घटनालाई प्रहरीले अन्य अपराधजस्तो संवेदनशील रुपमा नहेर्ने भएकाले पनि बलात्कार जस्ता जघन्य घटनाहरु बढ्दै गएको उहाँको भनाई छ ।

‘महिलामाथि हिंसाका घटनाहरु सधैँ नै भै नै रहेका छन्’, प्रवक्ता अन्सारीले भन्नुभयो, ‘तर, निर्मलाको घटनालाई सबै नेपालीले आफूमाथि भएको घटनाका रुपमा लिएकाले पनि यो अवस्था आएको हो ।’

उहाँले प्रहरीले निर्मलाको हत्या प्रकरणमा निर्दोष व्यक्तिलाई बिना कुनै प्रमाण नियन्त्रणमा लिएर दुःख दिएको भन्दै प्रहरीसँग उनीहरुको मेडिकल जाँच र नियन्त्रणमा लिनुको कारण माग गरेको बताउनुभयो ।

यसअघि, राष्ट्रिय मानव अधिकार आयोगको ७ नम्बर प्रदेश कार्यालयले निर्मलाको बलात्कारपश्चात हत्या गरिएको घटनाका बारेमा सुक्ष्म तरिकाले अध्ययन गरी प्रतिवेदन तयार पारेको थियो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया