भारतीय सर्वोच्च अदालतले समलिंगी सम्बन्धलाई दियो मान्यता

 भदौ २१, २०७५ बिहिबार १६:५:१२ | एजेन्सी

भारतको सर्वोच्च अदालतले समलिंगी सम्बन्धलाई मान्यता पाएको छ । भारतको सर्वोच्च अदालतले बुधबार यसलाई अपराधको सूचीबाट हटाएको छ ।

अपराधको सूचीबाट हटाएपछि दुई समलिंगी व्यक्तिबीच हुने आपसी सम्बन्ध अपराध नमानिने भएको छ । योभन्दा पहिले यसलाई अपराध मानेर दण्डस्वरुप दश वर्षको कारावास अथवा आजीवन कारावास सजाय हुने व्यवस्था थियो । 

भारतको सर्वोच्च अदालतका प्रधानन्यायाधीश दीपक मिश्रा, न्यायाधीशद्वय रोहिंटन नरीमन, एएम खानविल्कर, डी वाई चंद्रचूड र यंदू मल्होत्राको संयुक्त इजलाशले समलैंगिकताको पक्षमा सुनुवाइ गरेको हो । भारतीय दण्ड संहिता (आईपीसी)को धारा ३७७ मा समलैंगिक सम्बन्धालाई अपराध मानिएको थियो । सन् १९९४ मा धारा ३७७ लाई चुनौती पनि दिइयो । त्यतिबेला नै यसलाई अपराध मान्न नपाइने भनेर आवाज उठाइएका थिए । तर सर्वोच्च अदालतले यो मुद्धालाई माथि उठ्नै दिएन ।

सन् २००९ मा दिल्ली अदालतले समलिंगी सम्बन्धलाई मान्यता दियो । तर सर्वोच्च अदालतले दिल्ली उच्च अदालतको त्यो फैसलालाई उल्टाउँदै सन् २०१३ मा फेरि समलिंगी सम्बन्धलाई अपराधमा राख्यो । 

हालसम्म यसको विरुद्ध ३० भन्दा बढी रिट दायर भइसकेका थिए । सर्वप्रथम यसको विरुद्धमा रिट दाएर गर्नेमा नाज फाउन्डेसन थियो । नाज फाउंडेसनसँग मिलेर आईआईटीका बीस जना विद्यार्थीले पनि रिट दायर गरेका थिए । ‘द ललित होटेल’ का सञ्चालक केशव सुरीले पनि यसको विरुद्धमा अदालतको ढोका ढकढक्याएका थिए । 

सर्वोच्चको फैसलापछि न्यायाधीश इन्दू मलहोत्राले समलिंगी सम्बन्ध अपराध नभएको र पहिले यसलाई अपराध मानेर सजाए दिएकाहरुलाई कडा भन्दा कडा कारबाही हुने बताइन । अर्का न्यायाधीश वाई चन्द्रचुडले समलिंगीहरुको व्यक्तिगत जीवनमा  कसैले पनि हस्तक्षेप गर्न नमिल्ने बताएका छन् । यस्तै आईआईटी मुम्बईकी एक विद्यार्थी कृष्णाले मिडियासँग बोल्दै भनिन्, ‘मेरा खुसीका आँशु रोकिएका छैनन् ।’ उनले आईआईटीमा भर्ना हुँदा भन्दा बढी अहिले अदालतले समलिंगीको पक्षमा फैसला सुनाउँदा खुशी भएको बताएकी छिन् ।  

सर्वोच्च अदालतको यस्तो फैसला सुनेलगत्तै बलिउडकर्मी तथा विभिन्न दलसम्बद्ध नेताहरुले स्वागत गरेका छन् । करण जौहरले ऐतिहासिक निर्णय भन्दै ट्वीट गरेका छन् । ट्वीटमा उनले सर्वोच्च अदालतले समलैंगिकतालाई अपराधको श्रेणीबाट बाहिर राख्नु देशको लागि ठूलो उपलब्धि भएको भन्दै देशलाई उसको अक्सिजन फिर्ता मिलेको बताएका छन् ।

त्यस्तै अभिनेत्री प्रीति जिन्टा लेख्छिन्, ‘यदि तपाईँसग हृदय छ भने तपाईँ जोसुकैलाई प्रेम गर्न स्वतन्त्र हुनुहुन्छ । सर्वोच्च अदालतको फैसलाप्रति म निक्कै खुशी छु ।’

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया