कुवेतले ६० वर्ष पुगेका कामदार भर्ती नगर्ने, अनुभवी र सीप भएकाले भने काम पाउने

 भदौ २१, २०७५ बिहिबार १७:५०:४७ | उज्यालो सहकर्मी

कुवेत – कुवेतले ६० वर्ष उमेर पुगेका विदेशी कामदार भर्ती नगर्ने भएको छ । जनसंख्याको असन्तुलन हटाउन र श्रम बजारमा सुधार ल्याउन कुवेतले नयाँ नियम ल्याउने भएको हो । 

६० वर्ष उमेर पुगेका कुनै पनि विदेशी कामदारको भिसा पनि नविकरण नगर्ने र नयाँ कामदार पनि भर्ती नगर्ने नयाँ नियममा उल्लेख छ । 

केही पदमा भने धेरै अनुभव र सीप भएका कामदार चाहिने हुँदा त्यस्ता पदका लागि कामदार भर्ती गर्दा भने यो नियमले असर नगर्ने कुवेतले जनाएको छ । धेरै अनुभव र सीपयुक्त कामदार चाहिएमा रोजगारदाताले ६० वर्ष कटेका कामदारलाई पनि भर्ती गर्न सक्नेछन् ।

६० वर्ष नाघेका कामदारको संख्या घटाउन र कामदारकै क्षमता बढाउनका लागि पनि यो नियम ल्याइएको हो ।

त्यस्तै, पारिवारिक भिसा एक महिना भन्दा बढी नदिइने भएको छ । अहिले भिजिट र पारिवारीक भिजिट भिसा नविकरण गर्ने नियम थियो । कुवेतले यो हप्ता मात्रै निजी क्षेत्रमा काम गर्ने तीन हजार १४० जना विदेशी कामदारको सम्झौता रद्द गरेको गल्फ न्युजमा उल्लेख छ । 
 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया