दीगो विकास तथा सुशासन समितिको सभापतिमा कांग्रेसकी भट्ट निर्वाचित

 भदौ २१, २०७५ बिहिबार १८:१७:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – राष्ट्रियसभाको दीगो विकास तथा सुशासन समितिको सभापतिमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी तारादेवी भट्ट निर्विरोध निर्वाचित हुनु भएको छ । 

समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकले भट्टलाई निर्विरोध सभापतिमा चयन गरेको हो । सभापतिमा चयन भएलगत्तै उहाँलाई राष्ट्रिसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पद तथा गोपनीयताको सपथ खुवाउनु भएको थियो । त्यस लगत्तै उहाँले पदभार पनि ग्रहण गर्नु भएको छ ।

सपथग्रहण समारोहमा राष्ट्रियसभाका सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी संसदीय दलका नेता दिनानाथ शर्मा, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी राष्ट्रिय सभाकी सचेतक सरिता प्रसाईँ, समितिका सदस्यहरु सहभागी हुनु भएको थियो । यस अघि नै राष्ट्रिय सभाका अन्य समितिहरुमा भने सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदहरु सभापतिमा चयन हुनु भएको थियो ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया