च्याम्पियन्स लिग फुटबल : सिटी र रियल म्याड्रिड तथा आर्सनल र बाय...
बैशाख ५, २०८१ बुधबार
काठमाडौं – भदौ १ गतेबाट लागू भएको मुलुकी देवानी र फौजदारी संहितामा व्यवस्था भएका प्रेस तथा अभिब्यक्ति स्वतन्त्रता विरोधी प्रावधान हटाउन माग गर्दै नेपाल पत्रकार महासंघले शुक्रबार प्रदर्शन गर्दैछ ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी प्रावधान तत्काल हटाउन थप दबाब दिन शुक्रबार सञ्चार सामाग्रीसहित दिउँसो साढे २ बजेपछि नयाँ बानेश्वरमा प्रदर्शन गर्न लागेको महासंघका अध्यक्ष गोविन्द आचार्यले जानकारी दिनुभयो । महासंघले यसअघि सभामुख कृष्णबहादुर महरा तथा सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल बाँस्कोटा तथा हरेक जिल्ला प्रशासन कार्यालय मार्फत सरकारलाई ज्ञापनपत्र बुझाएर यस्ता प्रावधान तत्काल संशोधन गर्न आग्रह गरेको थियो ।
नयाँ ऐनका केही प्रावधानहरुले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई गम्भीर असर पार्ने देखिएकाले ती बुँदाहरु संशोधन गरी पूर्ण प्रेसमैत्री बनाउनुपर्ने माग सुनुवाई नभए चरणबद्ध रुपमा कडा आन्दोलन गर्ने अध्यक्ष आचार्यले बताउनुभयो ।