एसिया कप क्रिकेट छनोट खेलेर नेपाली टोली स्वदेश फर्कियो

 भदौ २२, २०७५ शुक्रबार १४:३५:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – मलेसियामा सम्पन्न एसिया कप छनोट प्रतियोगिता खेल्न गएको नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ । छनोट प्रतियोगितामा चौथो भएको नेपाली टिम आज मध्यान्ह त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थलमा आइपुगेको हो ।

एसिया कपमा छनोट हुने लक्ष्यसहित मलेसिया पुगेको नेपाली टोली चौथो स्थानमा रह्यो । नेपालले दुई खेलमा जित तथा तीन खेलमा हार बेहोरेको थियो । नेपालले आयोजक मलेसिया र सिङ्गापुरलाई पराजित गरेको थियो भने ओमान, संयुक्त अरब इमिरेट्स (यूएई) र हङकङसँग पराजित भएको थियो । छनोट प्रतियोतगा यही भदौ १३ देखि २१ गतेसम्म सञ्चालन भएको थियो । 

प्रतियोगितामा ६ राष्ट्र सहभागी भएकोमा  हङकङ एसिया कपका लागि छनोट भएको छ ।

फाइनल खेलमा हङकङ यूएईलाई दुई विकेटले पराजित गर्दै एसिया कपका लागि छानिएको हो । एसिया कप यही भदौ २८ देखि असोज १२ गतेसम्म यूएईमा हुँदैछ । एसिया कपमा भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान जस्ता टेष्ट राष्ट्रको सहभागिता रहनेछ ।  

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया