बालिका बलात्कारको आरोपमा आफूलाई साइबाबा बताउने व्यक्ति पक्राउ

 भदौ २२, २०७५ शुक्रबार १४:४८:५६ | गोविन्द शर्मा

बाँके – बालिका बलात्कारको आरोपमा झारफुकको काम गर्ने एक तान्त्रिक पक्राउ परेका छन् । 

नेपालगञ्ज –४, देवाफूलबारीका आफूलाई साईबाबा बताउने ४६ वर्षीय व्यक्तिलाई पक्राउ गरी म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । उनीमाथि बर्दियाको जमूनी घर भएकी १५ वर्षीया बालिकालाई झारफुकको बहानामा बलात्कार गरेको आरोप लागेको छ । 

अधिकारी थरका व्यक्तिले केही समयअघिदेखि नेपालगञ्जमा ज्योतिषको काम गर्दै आएका छन् । बाँकेमा दुई साताभित्र भएको यो तेश्रो बालिका बलात्कारको घटना हो । कोहलपुरमा यसअघि दुई बालिका आफन्तबाटै बलात्कृत भएको सार्वजनिक भएको थियो । 

बाँकेको कोहलपुरमा यसअघि दुई बालिका आफन्तबाटै बलात्कृत भएको सार्वजनिक भएको थियो । २ साताभित्र बालिका बलात्कृत भएको बाँकेमा यो तेश्रो घटना हो ।
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया