बैतडीमा एक जनाको रहस्यमय मृत्यु

 भदौ २२, २०७५ शुक्रबार १४:५८:२४ | जयराज अवस्थी

बैतडी – बैतडीको पाटन नगरपालिका–६, भिटामोडमा बुधबार राति बेहोस अवस्थामा भेटिएका पाटन नगरपालिका ६ लामाखेतका बलदेब अवस्थीको मृत्यु भएको छ ।

राति साढे आठ बजे घाइते अवस्थामा भेटिएका उनको पाटन प्राथमिक स्वास्थ्यकेन्द्रमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

मृतक अवस्थीको घु्ँडा र अण्डकोषमा चोट लागेर बेहोस भएको अवस्थामा प्रहरीले बिहीबार राती फेला पारेको हो । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १, २०८१

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया