प्रधानमन्त्री ओलीसँग भारतीय पूर्व प्रधानमन्त्री देवे गौडाको भेटवार्ता

 भदौ २३, २०७५ शनिबार ६:४७:४ | रासस
unn.prixa.net

काठमाडौं –प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतका पूर्वप्रधानमन्त्री एचडी देवे गौडाले शुक्रबार शिष्टाचार भेट गर्नुभएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ भएको भेटमा प्रधानमन्त्री ओलीले नेपाल र भारतका प्रधानमन्त्रीले एकअर्का मुलुकमा गरेको भ्रमणले द्विपक्षीय हित र सम्बन्धलाई अझ गाढा बनाएको बताउनुभएको थियो । प्रधानमन्त्री ओलीले दुई देशका प्रधानमन्त्रीको भ्रमणबाट जलमार्ग, रेलमार्ग र र कृषिका क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल भएको बताउनुभयो । 

भेटका अवसरमा देवेगौडाले प्रधानमन्त्री ओलीको भारत भ्रमणको स्मरण गर्दै यसले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याएको बताउनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

भारतीय पूर्वप्रधानमन्त्री देवेगौडाले नेपालले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) सम्मेलन सफलतापूर्वक सम्पन्न गरेकामा प्रधानमन्त्री ओलीलाई बधाइ तथा धन्यवाद दिनुभएको थियो ।

तीनदिने भ्रमणमा बिहीबार नेपाल आउनुभएका भारतीय पूर्वप्रधानमन्त्री देवे गौडा शनिबार स्वदेश फर्कँदै हुनुहुन्छ ।
 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया