पाल्पाली हास्यकलाकार रानाको निधन

 भदौ २३, २०७५ शनिबार ९:२१:९ | देव पचभैया
unn.prixa.net

पाल्पा – पाल्पाली हास्यकलाकार एवम् साहित्यकार पूर्ण राना मगरको शनिबार बिहान निधन भएको छ । 

‘जीवनलीला’ नेपाली चलचित्रका निर्माता समेत रहनुभएका ५३ वर्षीय पूर्ण रानाको उपचारको क्रममा तानसेनमा रहेको युनाइटेड मिसन अस्पतालमा निधन भएको हो । गीतकार, रचनाकार, एवम् लेखक समेत रहनुभएका राना दुई वर्षदेखि सुगर र प्यारालाइसिसका कारण घरमै आराम गरिरहनुभएको थियो । 

रानाले झण्डै २५ वर्ष युनाइटेड मिसन अस्पताल, तानसेनमा काम गर्नुभएको थियो । आधा दर्जनभन्दा बढी हास्यव्यङ्य र कविता संग्रह समेत प्रकाशित गर्नुभएका स्वर्गीय रानाको दुई छोरा र श्रीमती हुनुहुन्छ ।

पाल्पाकै ठिमुरे,पोरक्नीमा जन्मिनुभएका राना हास्यव्यङ्ग्यका कार्यक्रम लिएर देश विदेशमा पुग्नुभएको उहासँगै काम गर्नुभएका अर्का हास्यकलाकार किरन चित्रकारले जानकारी दिनुभयो । 

रानाको आजै अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । 
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया