गोरखाबाट काठमाडौं आउँदै गरेको अल्टिच्युड एयरको हेलिकप्टर सम्पर्कविहीन

 भदौ २३, २०७५ शनिबार १०:८:२३ | उज्यालो सहकर्मी

काठमाडौं – गोरखाबाट काठमाडौं आउँदै गरेको अल्टिच्युड एअरको हेलिकप्टर सम्पर्कविहीन  छ ।

बिहान ८ बजेर १८ मिनेटमा ल्याण्ड हुनुपर्ने त्यो हेलिकप्टर अहिलेसम्म ल्याण्ड नभएको त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार गोरखाको सामागाउँबाट उडेको केही मिनेटमै हेलिकप्टर सम्पर्कविहीन भएको हो ।

हेलिकप्टरमा कति यात्रु थिए भन्नेबारे केही जानकारी आएको छैन ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया