गोरखाबाट काठमाडौं आउँदै गरेको अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना

 भदौ २३, २०७५ शनिबार १०:४०:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाडौं – गोरखाबाट काठमाडौं आउँदै गरेको अल्टिच्युड एअरको हेलिकप्टर दुर्घटनामा परेको छ ।

बिहान ८ बजेर १८ मिनेटमा ल्याण्ड हुनुपर्ने गोरखाको सामागाउँबाट उडेको हेलिकप्टरमा ६ जना यात्रु र एक जना क्याप्टेन रहेको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले उज्यालोलाई जानकारी दिनुभयो । उहाँका अनुसार गोरखाको सानोगाउँबाट उडेको केही मिनेटमै हेलिकोप्टर सम्पर्कविहीन भएको थियो । 

महाप्रबन्धक क्षेत्रीका अनुसार हेलिकप्टरमा रहेका यात्रुका आफन्तमार्फत एक जना यात्रुसँग सम्पर्क भएको थियो । महाप्रबन्धक क्षेत्रीका अनुसार ती यात्रुले ‘हेल्लो’ भनेको मात्रै सुनिएको थियो । यात्रुहरुको अवस्थाबारे विस्तृतमा जानकारी आएको छैन ।

हेलिकप्टर धादिङको रुबीभ्यालीको रि भन्ने क्षेत्रमा फोर्सल्याण्डिङ गर्न खोज्दा दुर्घटनामा परेको हुनसक्ने विमानस्थल कार्यालयले जनाएको छ । अन्य जानकारी बुझ्ने प्रयास भैरहेको महाप्रबन्धक क्षेत्रीले जनाउनुभयो ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया