एबी डीभीलीयर्सले अाउने वर्ष पाकिस्तान सुपर लिग खेल्ने

 भदौ २३, २०७५ शनिबार १२:५६:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका दक्षिण अफ्रिकाका ब्याट्सम्यान एबी डीभीलीयर्सले अर्को वर्ष पाकिस्तान सुपर लिग खेल्ने भएका छन् ।

केही महिना पहिला अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका डीभीलीयर्सले ट्वीट गर्दै ‘यो पाकिस्तान सुपर लिग पीएसएलको समय हो । त्यसैले फेब्रुअरीमा पार्टी हुन्छ ।’

डीभीलीयर्सले ट्वीट गरे पनि उनी कुन टिमबाट खेल्ने अझै टुंगो भने लागेको छैन ।

पीएसएलको आधिकारिक ट्वीट ह्याण्डलबाट पनि उनी प्रतियोगिता खेल्ने पुष्टि भएको छ । ट्वीटमा भनिएको छ, ‘दक्षिण अफ्रिकाका महान ब्याट्सम्यान अब पीएसएलमा सहभागी भएका छन्, उनलाई हार्दिक स्वागत छ।’

३४ बर्षीय डीभीलीयर्सले दक्षिण अफ्रिकाका लागि ११४ टेस्ट, २२८ एकदिवसीय र ७८ टी–२० खेलेका छन् ।

उनी आर्इपीएलमा रोयल च्यालेन्जर्स बेंग्लोरबाट पनि खेलेका थिए । आईपीएलमा १४१ म्याच खेलेका डीभीलीयर्सले ३ हजार ९सय ५३ रन बनाएका छन् । जसमा तीन शतक र २८ अर्धसतक पनि प्रहार गरेका थिए ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया