‘डाँडामा हेलिकप्टरको पंखा नाचेको छ, पुग्न अझै ३ घन्टा लाग्छ’

 भदौ २३, २०७५ शनिबार १५:३७:९ | उज्यालो सहकर्मी
unn.prixa.net

गोरखाको सामागाउँबाट ७ जना यात्रुसहित काठमाडौंका लागि उडेको हेलिकप्टर नुवाकोटको म्यागङ गाउँपालिका ४ किन्ताङ जंगलमा दुर्घटनाग्रस्त अवस्थामा देखिएको छ ।

तर घना जंगल र कुहिरोको कारणले अहिलेसम्म काठमाडौंबाट गएको टोली, धादिङ र नुवाकोटको प्रहरी घटनास्थलसम्म पुग्न सकेको छैन । उद्दारको लागि धादिङबाट पनि प्रहरी टोली घटनास्थलतर्फ लागिरहेको छ । तर टोली अहिले नै पुग्न नसक्ने प्रहरीले जनाएको छ ।

टोलीका सदस्य प्रहरी नायव निरीक्षक प्रह्लाद चौधरीले उज्यालो अनलाइनसँग भन्नुभयो, ‘हामी अहिले घटनास्थलतर्फ जाँदैछौं, डाँडाको टुप्पोमा हेलिकप्टरको पंखा नाचेको देखिन्छ, तर बाक्लो कुहिरोले कतिखेर देखिन्छ, कतिखेर देखिन्न । अर्को टोली पनि जाँदैछ, तर हामी पुग्न त अझै ३ घन्टा लाग्छ ।’

गाउँपालिका उपाध्यक्ष शान्ति लामाले भन्नुभयाे, ‘हेलिकप्टर दुर्घटना भएकाे भनिएकाे ठाउँ अप्ठेरो छ ।’

अन्तिम अपडेट: फागुन २७, २०८०

तपाईको प्रतिक्रिया