बेगनासताल डुङ्गा दुर्घटना अपडेट : बेपत्ता भएका ६ जनाकै पहिचान खुल्याे

 भदौ २३, २०७५ शनिबार १८:९:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की – कास्कीको बेगनासतालमा शनिबार दिउँसो डुङ्गा पल्टिंदा बेपत्ता भएका ६ जनाकाे पहिचान खुलेकाे छ ।  

घटनामा परेका २ जनाको उपचार भैरहेको छ । घटनामा दुर्इ जनाकाे ज्यान गएकाे थियाे । ज्यान जानेमा पोखरा २८ की कृष्णकुमारी बजगाईँ रहेकाे र अर्की एक महिलाको पहिचान खुलेको छैन । ती महिलालाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) लैजाने क्रममा बाटोमा नै ज्यान गएको हो । घाइते सरला खनाल र निशा पौडेलको लेखनाथ सामुदायिक अस्पतालमा उपचार भैरहेको छ ।

डुंगाबाट एक बालक तालमा खसेपछि उनलाई बचाउने क्रममा अनियन्त्रित भएको र डुंगा पल्टिएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी ५ वर्षीय प्राचिन पौडेल, ३२ वर्षीय रवी खनाल,  ७ वर्षीय शंकर खनाल, ८ वर्षीय शिव खनाल, अन्दाजी १७-१८ वर्षीय मनिषा बजगाईं र ४ वर्षीय बालक रञ्जित गैह्रे बेपत्ता रहेका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता रविन्द्रमान गुरुङ्गले जानकारी दिनुभयो ।  

बेगनास पारी आफन्तको घरमा तीजको दर खान जानेक्रममा डुंगा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । अहिले गोताखोरको टोलीले बेपत्ता रहेकाहरुको खोजी गरिरहेको गुरुङ्गले जानकारी दिनुभयो ।

 

अन्तिम अपडेट: चैत १३, २०८०

1 Comments

  • प्रबिण खतिवडा

    Sept. 8, 2018, 7:22 p.m.

    सुरक्षा काे कुनै प्रबन्ध छैन पैसा मात्र उठाउने हुन।।।

  •  0 Reply

तपाईको प्रतिक्रिया