बच्चा जन्माउन नसकेर सुत्केरीकाे ज्यान गयाे

 भदौ २३, २०७५ शनिबार १९:३६:४७ | चन्द्र थापा
unn.prixa.net

अछाम - समयमै उपचार नपाउँदा अछाममा शनिबार एक गर्भवती महिलाको ज्यान गएको छ ।

अछाम जिल्लाको पञ्चदेवल बिनायक नगरपालिका २ निवासी २३ वर्षीया चन्द्रा धामीको सुत्केरी अवस्थामा उपचार नपाउँदा ज्यान गएको हो । सुत्केरी बेथाले च्यापेर उपचारका लागि स्वास्थ्य चौकी बिनायकमा लगेकाे भए पनि त्यहाँ उपचार सम्भव नभएपछि जिल्ला अस्पताल मंगलसेनमा रेफर गरिएको थियो ।

जिल्ला अस्पताल मंगलसेनमा पनि उपचार सम्भव नभएपछी त्याहाँबाट नेपालगञ्ज रेफर गरिएको थियो । उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा धामीकाे बीच बाटोमा नै ज्यान गएको हो ।

गर्भवती धामीको पेटमा जुम्ल्याहा बालक रहेका जिल्ला अस्पताल अछामका जनस्वास्थ्य अधिकृत झनकराज ढुङ्गानाले जानकारी दिनुभयो । पेटभित्र रहेका जुम्ल्याहा बालकमध्ये एक बालक पेटभित्रै मृत अवस्थामा रहेको ढुङ्गानाले बताउनुभयो ।

बिरामी धामीलाई धेरै मात्रामा कम्पन भएको हुँदा त्यसको उपचारको सुबिधा अस्पतालमा नभएकाले रेफर गर्नुपरेको पनि जिल्ला अस्पताल अछामले जनाएको छ ।

आर्थिक अवस्था कमजोर भएकाले पनि सुविधायुक्त अस्पतालमा समयमै पुर्याउन नसकिएकोले धामीको ज्यान गएको हो । मृतक धामीका श्रीमान जनक धामी रोजागारीको सिलसलामा भारतमा छन् ।

अन्तिम अपडेट: चैत २२, २०८०

चन्द्र थापा

अछामका उज्यालो सहकर्मी चन्द्र थापा रेडियो रामारोशनमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया