नेकपा अध्यक्ष प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता

 भदौ २३, २०७५ शनिबार २०:४:४५ | उज्यालो सहकर्मी

भारत भ्रमणमा रहेका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुभएको छ ।

भेटमा पछिल्लो समयमा भएका दुई देशका प्रधानमन्त्रीका भ्रमण, बिमस्टेक सम्मेलन, दुई देशका आपसी हित र विकास निर्माणको सम्भावनाबारे कुराकानी भएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।

नेपालमा जलविद्युत विकास, हुलाकी मार्ग, रेलमार्ग, जलमार्ग, कृषिमा आधारित उद्योग र पर्यटन क्षेत्रको विकास, नेपाल भारत सीमा समस्याको समाधानका सम्बन्धमा पनि छलफल भएको सचिवालयले जनाएको छ ।

यस्तै प्रचण्डले भारतीय विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंह र पूर्व प्रधानमन्त्री मनमोहन सिंहसँग पनि भेटवार्ता गर्नुभएको छ ।  

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया