सबैलाई समान अवसरको प्रत्याभूति हुने गरी शिक्षाको उचित व्यवस्था गर्छु: प्रम अाेली

 भदौ २३, २०७५ शनिबार २०:१४:५२ | उज्यालो सहकर्मी

काठमाडौं - प्रधानमन्त्री केपी ओलीले सरकारले गुणस्तरीय शिक्षामा जोड दिएको बताउनु भएको छ ।

प्रधानमन्त्री ओलीले ‘सुखी नेपालीः समृद्ध नेपाल’ बनाउने संकल्प पूरा हुनेगरी सरकारले जीवन उपयागी शिक्षामा जोड दिएको पनि स्पष्ट पार्नुभयो ।

३९ औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले सबैलाई समान अवसर र सुरक्षाको प्रत्याभूति हुनेगरी शिक्षाको उचित व्यवस्था गर्ने दावी पनि गर्नुभयो ।

प्रधानमन्त्री ओलीले विश्वमै सर्वश्रेष्ठ नागरिक उत्पादन गर्ने लक्ष्यका लागि सरकारले शिक्षा क्षेत्रलाई अघि बढाउन चाहेको पनि बताउनु भयो । कार्यक्रममा प्रधानमन्त्री ओलीले उत्कृष्ट विद्यालयहरुलाई सम्मान पनि गर्नु भएको थियो ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया