समूह विजेता बन्दै नेपाल साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा, विमल र नवयुगले जिताए नेपाललाई

 भदौ २३, २०७५ शनिबार २०:५४:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाल साफ च्याम्पियनसिप फुटबलको सेमिफाइलनमा पुगेको छ । 

समूह चरणको अन्तिम खेलमा आयोजक बंगलादेशलाई दुई शून्यले हराउँदै नेपाल समूह विजेता बन्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।

नेपाललाई जिताउन विमल घर्तिमगर र नवयुग श्रेष्ठले गोल गरे । ३३ आैँ मिनेटमा विमलले प्रहार गरेको फ्रिकिक बंगलादेशी गोलकिपरको हातबाट फुत्किंदै गोल भएको थियो । 

खेलको ९० औं मिनेटमा नवयुगले अर्को गोल गरेका थिए । नेपालले अर्को समूहको उपविजेतासँग खेल्नेछ । अर्को समुहबाट कुन टीम विजेता र उपविजेता बन्ने भन्ने टुंगो लागिसकेको छैन । 

आजको पहिलो खेलमा भुटानलाई पाकिस्तानले हराएपछि नेपालले बंगलादेशलाई हराउनैपर्ने दबाब थियो । लगभग ३ हजार दर्शक रहेको बंगबन्धु रंगशालामा नेपालले त्यसै अनुसारको खेल खेल्दै जित मात्र हात पारेन समूह विजेता पनि बनेको हो ।


 
नेपाल रहेको समूहबाट पाकिस्तान उपविजेता बनेको छ भने आयोजक बंगलादेश समूह चरणबाटै बाहिरिएको छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

2 Comments

  • Surendra bishowkarma

    Sept. 8, 2018, 11:45 p.m.

    नेपाल को खेेलकुद क्षेत्रको विकासको लागि नेपाली फुूटबल टोली को विकास गर्नु पर्छ । यस्तो हुदा यस्ता कैयाै खेेलहरु जितिने छन् । त्यसमा कुनै शंका छैन।ाआउने दिनमा अझ सफलता मिलोस।

  •  0 Reply
  • Krishna bohara

    Sept. 8, 2018, 10:02 p.m.

    I always love nepal ,thanks my players....

  •  0 Reply

तपाईको प्रतिक्रिया