यूईएफए नेशन्स लिगमा इंग्ल्याण्डलाई हरायाे स्पेनले

 भदौ २४, २०७५ आइतबार ७:३२:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

यूईएफए नेशन्स लिगमा स्पेन विजयी भएको छ । शनिबार रातिको खेलमा इंग्ल्याण्डलाई २–१ अन्तरले पराजित गरेको हो । 

११ औं मिनेटमा इंग्ल्याण्डले अग्रता बनाए पनि जोगाउन सकेन । मार्कस रासफोर्डले लुके सा को पासमा गोल गरेका थिए । तर १ गोलले पछि परेको २ मिनेटमै स्पेनले बराबरी गरेको थियो । स्पेनका लागि सौल निगेजले बराबरी गोल गर्दै स्पेनलाई खेलमा फर्काएका थिए ।

पहिलो हाफकै ३२औं मिनेटमा स्पेनले अर्को गोल थप्दै २–१ को अवस्थामा पुर्याएको थियो । स्पेनका रोड्रिगो मोरिनोले ३२ औं मिनेटमा गोल गरेका हुन् । पहिलो हाफमै २–१ ले अग्रता बनाएको स्पेनले दोस्रो हाफमा रक्षात्मक खेल्दै इंग्ल्याण्डलाई बराबरी गर्ने मौकानै दिएन् । दोस्रो हाफमा थप गोल हुन नसके पनि स्पेन २–१ गोल अन्तरले विजयी हुन सफल भयो । 

यस्तै, अर्को खेलमा स्वीट्जरल्याण्डले आईसल्याण्डलाई ६–० को अन्तरले पराजित गर्दा बोस्निया हर्ज गोभिनाले नर्थन आएरल्याण्डलाई २–१ को गोलमा पछि पारेको थियो । फिनल्याण्डले हंगेरी र ग्रिसले स्टोनियालाई समान १–० को गोलमा पाखा लगाए । बेलारुसले सान मारिनो माथि ५–० को जित निकाल्दा लक्जम्बर्गले माल्डोभा माथि ४–० को जित निकालेको थियो ।
 

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया