यूएस अाेपन टेनिसकाे उपाधि जितिन् जापानकी नाओमी ओसाकाले

 भदौ २४, २०७५ आइतबार ८:४९:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

जापानकी नाओमी ओसाकाले यूएस ओपन टेनिसको उपाधि जितेकी छन् । ६ पटककी उपाधि विजेता सेरेना विलियम्सलाई सोझो सेटमा पराजित गर्दै ओसाकाले उपाधि जितेकी हुन् । 

ओसाका युएस ओपन जित्ने पहिलो जापानीज खेलाडी बनेकी छन् । उनले सेरेनलाई ६–२ तथा ६–४ को सेटमा पाखा लगाएकी थिइन् ।  ओसाकाले पहिलो सेट सजिलै जिते पनि दोस्रो सेटमा भने संघर्ष गर्नु परेको थियो । खेलका दौरान सेरेना र एम्पाएरबीच विवादसमेत भएको थियो ।  पछि सेरेना आफैले माफि मागेकी थिइन् ।

सेरेनाले रेफ्रिलाई चोर भनेको सार्वजनिक भएपछि उनले माफि मागेकी हुन् । उनले रेफ्रीलाई  भनिन्, ‘म माफी माग्छु, मैले कुनै बेइमानी गरेको छैन । म एउटी छोरीकी आमा पनि हुँ त्यसैले असल आमाको उदाहरण पनि म बन्न चाहन्छु ।’

जित पछि जापानीज खेलाडी ओसकाले लामो समय देखि सेरेनासँग खेल्ने इच्छा पूरा भएको छ । सबैले सेरेनालाई साथ दिँदा पनि मैले खेल जित्न सकेँ, त्यो नै उपलब्धी हो । साथै उनले सेरेना प्रति झुकेर सम्मान पनि व्यक्त गरेकी थिइन् ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया