हेलिकप्टर दुर्घटनाका मृतकको शव काठमाडौं ल्याइँदै

 भदौ २४, २०७५ आइतबार ९:८:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

नुवाकोट – नुवाकोटमा शनिबार भएको अल्टिच्युड एयरलाइन्सको हेलिकप्टर दुर्घटनामा मृत्यु भएकाको शव अाइतबार काठमाडौं ल्याइँदै छ । 

दुर्गम स्थानमा भएका कारण शव ल्याउन कठिनाइ भएको र रातभरि प्रहरी र स्थानीयवासीको सक्रियतामा शवको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले जानकारी दिनुभयो । 

दुर्घटनामा परि ज्यान गुमाएका चालक निश्चल केसी, रामेछापका डिल्लीबहादुर गुरुङ, दोलखाका हिरा शेर्पा, गोरखाका छोबाङ नुर्बु र सिन्धुपाल्चोकका सुनील तामाङ तथा जापानी नागरिक हिरोमी कोमात्सुको शव काठमाडाैं महाराजगन्जको त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम गरेर परिवारलाई बुझाउने तयारी छ । गम्भीर अवस्थामा उद्धार गरिएकी गोरखाकी आनी डोल्माको भने ललितपुरको मेडिसिटी अस्पताल उपचार भइरहेको छ ।

गोरखाको सामागाउँबाट ७ जना यात्रु लिएर काठमाडौंका लागि उडेको हेलिकप्टर नुवाकोटको म्यागङ गाउँपालिकाको मैलुङपाखामा दुघर्टना भएको थियो । 

 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया