प्रचण्ड भारतबाट आज फर्किंदै

 भदौ २४, २०७५ आइतबार ९:२७:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तीन दिने भारत भ्रमण पूरा गरेर आइतबार स्वदेश फर्किँदै हुनुहुन्छ ।

भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, पूर्व प्रधानमन्त्री तथा कांग्रेस आईका नेता डाक्टर मनमोहन सिंह लगायतसँग उच्चस्तरीय राजनीतिक भेटघाट गरेका प्रचण्ड आइतबार दिउँसो काठमाडौं आइपुग्ने उहाँको सचिवालयले जनाएको छ । 

प्रचण्ड भदौ ३० गते चीन भ्रमणमा जाने कार्यक्रम छ । 
 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया