डुंगा दुर्घटना अपडेट : बेगनास तालमा बेपत्ता मध्ये ५ जनाको शव फेला

 भदौ २४, २०७५ आइतबार १२:१२:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की – कास्कीको बेगनास तालमा डुङ्गा पल्टिँदा हिजोदेखि हराइरहेका ६ जना मध्ये ५ जनाको शव भेटिएको छ । यो सँगै डुङ्गा दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ७ पुगेको छ भने अझै १ जना हराइरहका छन् । 

आइतबार शव भेटिनेमा १७ वर्षीया मनिषा बजगाईँ, ४ वर्षीय रञ्जित गैह्रे, ५ वर्षीय प्राचिन पौडेल, ७ वर्षीय शंकर खनाल र ८ वर्षीय शिव खनाल रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रविन्द्रमान गुरुङ्गले जानकारी दिनुभयो । 

३२ वर्षका रवि खनाल अझै बेपत्ता छन् । बेपत्ताको नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय सहित शसस्त्र प्रहरीको कुरिनटारको गोताखोर टोलीले खाजी गरिरहेको छ । 

डुङ्गा दुर्घटनामा पोखरा २८ की कृष्णकुमारी वजगाईँ र तनहुँ भिमादकी जमुना कँडेल गैह्रेको शनिबार नै ज्यान गएको हो ।  दुर्घटनामा परेका सरला खनाल र निशा पौडेल सामान्य उपचार गरी शनिबार घर फर्किएका छन् ।


 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया