५१ लागे खेलाडीका खेलाडी

 भदौ २४, २०७५ आइतबार १३:३:० | उज्यालो सहकर्मी
unn.prixa.net

बलिउड अभिनेता अक्षय कुमार आज उनको ५१ औं जन्मदिन मनाइरहेका छन् । उनी सन् १९६७ को सेप्टेम्बर ९ मा आजकै दिन पञ्जावको अमृतसरमा जन्मिएका थिए । अक्षयको असली नाम राजीवहरी ओम भाटिया हो । उनले बलिउड फिल्म उद्योगमा आएपछि आफ्नो नाम परिवर्तन गरेका थिए । 

जन्मदिनकै अवसरमा अक्षयले शनिबार राति पार्टी आयोजना गरेका थिए । जहाँ उनकी पत्नी ट्वींकल खन्ना र केही नजिकका साथीभाइ बीच आफ्नो जन्मोत्सव मनाएका थिए ।  

अक्षयले सन् १९९१ मा फिल्म ‘सौगन्ध’बाट बलिउड डेब्यू गरेका थिए । तर यो फिल्म बक्स अफिसमा असफल भएको थियो । तर आजको समयसम्म आइपुग्दा अक्षय आज पनि बलिउडका ब्यस्त नायक मध्यका एक हुन् । उनी वर्षमा ३ देखि ४ वटा फिल्ममा काम गर्छन् । 

अक्षय बलिउडमा ‘खिलाडी’ को नामले समेत चर्चित छन् । अक्षय कुमारको पहिलो हिट फिल्म ‘खिलाडी’ सन् १९९२ मा रिलिज भएको थियो । यो फिल्म पश्चात खिलाडी नाम जोडीएका जति पनि फिल्म आए ति सबै बक्स अफिसमा सुपरहिट भएका थिए । अक्षयका ५ वटा फिल्म ‘खिलाडी, सबसे बडा खिलाडी, मे खिलाडी तू अनाडी, खिलाडियौंका खिलाडी र मिस्टर एण्ड मिसेज खिलाडी हुन् । यही कारण अक्षयको उपनाम खिलाडी रहन गएको हो । 

तर अक्षय कुमारको जीवनमा यस्तो समय पनि आएको थियो जब उनका १६ वटा फिल्महरु लगातार फ्लप भएका थिए । तर यस पछि पनि अक्षयले आफ्नो फिल्मी करियरलाई खस्किन दिएनन् । तसर्थ आज पनि उनी बलिउडका खिलाडीको नामले दर्शकहरुको मनमा बस्न सफल भएका छन् । अक्षयले आजसम्म १ सय भन्दा बढी फिल्ममा काम गरिसकेका छन । साथै उनी जुनसुकै भूमिकाका लागि फिट हुने अभिनेता मध्यका एक हुन् । यही कारण उनी आज बलिउडका सुपरस्टार अभिनेता मध्ये सबै भन्दा धनि अभिनेता हुन् । 

अक्षय कुमारका आगामी फिल्म ‘२.०’, ‘केशरी’ र ‘गुड न्यूज’ का कारण चर्चामा रहेका छन् । हालै प्रदर्शन भएको फिल्म ‘गोल्ड’ बाट पनि उनले दर्शकको साथ र मायाका साथै व्यापारमा समेत सफलता हासिल गरे । यस अघिका फिल्म ‘ट्वाइलेट एक प्रेम कथा’ र ‘प्याड म्यान’ जस्ता फिल्मले समाजमा जनचेतना तथा सकारात्मक सन्देश दिएर दर्शकमाझ आफ्नो छाप छोड्न सफल भएका छन् ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया