भोजपुरमा अवैध चन्दा संकलन गर्ने महिला पक्राउ

 भदौ २४, २०७५ आइतबार १३:४६:४५ | बुद्ध तामाङ

भोजपुर – भोजपुरमा अवैध रुपमा चन्द उठाउने एक महिला आइतबार पक्राउ परेकी छन् । 

चन्दा संकलन गर्दै गर्दा गुल्मी तम्घास–२ की ४० वर्षिय भगवती कुमाल पक्राउ परेकी हुन् ।

अपाङ्ग सरोकार केन्द्र बालाजु काठमाडाैंको नाममा छाप नभएको रसिदबाट चन्दा उठाउँदै गरेको गोप्य सूचनाका आधारमा कुमाललाई पक्राउ गरेको प्रहरीले जनाएको छ । 

कुमाललाई २२ जनाबाट संकलन गरिएको २१ हजार, नगदी रसिद, अर्धकट्टी अपाङ्गहरुको खिचिएको तस्बिर, घडी, ब्रासलेट, बिलसहितललाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

कुमाललाई ठगी मुद्दा दर्ता गरी जिल्ला अदालत भोजपुरबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

अन्तिम अपडेट: चैत १५, २०८०

बुद्ध तामाङ

बुद्ध तामाङ भोजपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया