भारतीय मिडिया लेख्छन् : अन्तिम समयमा आएर नेपालले दियो भारतलाई झट्का

 भदौ २४, २०७५ आइतबार १५:७:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपालले अन्तिम समयमा आएर बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास(बिमस्टेक’ को सोमबारदेखि भारतको पुणेमा हुने संयुक्त सैन्य अभ्यासमा सहभागी नहुने निर्णय गरेको छ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीकै प्रभावशाली नेताहरुले सैन्य अभ्यासमा नेपाल सहभागी हुन नहुने भन्दै सरकारको कडा आलोचना गरेपछि सरकार आफ्नो निर्णयबाट पछि हटेको छ ।

नेपालको पछिलो निर्णयलाई भारतीय मिडियाले निक्कै नै प्राथमिकताका साथ सामग्री प्रकाशन तथा प्रशारण गरेका छन् । 

खबर एनडीटीभीले शीर्षकमै नेपालले भारतलाई झट्का दिएको बताएको छ । उसले शीर्षकमै ‘छिमेकी नेपालले भारतलाई दियो झट्का, अन्तिम समयमा आएर सैन्य अभ्यासमा सहभागी नहुने गर्यो निर्णय’ भनेर समाचार प्रकाशन गरेको छ । नेपालले आन्तरिक राजनीतिक विवादका कारण सैन्य अभ्यासमा सहभागी नहुने निर्णय गरेको एनडीटीभीले आफ्नो समाचारमा जनाएको छ ।

नेपालको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीकै प्रभावशाली नेताले कडा आलोचना गरेका कारण सरकार पछि हटेको एनडीटीभीले जनाएको छ । साथै संयुक्त सैन्य अभ्यासको तयारीस्वरुप नेपालका तीन जना उच्च सैनिक अधिकारीहरु पुणे पुगिसकेको बताउँदै उनीहरु छिट्टै नेपाल फर्कने पनि उसले जनाएको छ ।

त्यस्तै द इन्डियन एक्सप्रेसले पनि नेपाल संयुक्त सेन्य अभ्यासमा सहभागी नहुने खबरलाई प्राथमिकताका साथ प्रकाशन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको मौखिक निर्देशनका कारण नेपाली सेना संयुक्त अभ्यासबाट पछि हटेको उल्लेख गरेको छ । 

त्यस्तै द इकोनोमिक टाइम्सले सत्तारुढ दलकै कारण नेपाल बिमस्टेकको संयुक्त सैन्य अभ्यासमा सहभागी नहुने निर्णयमा पुगेको समाचार प्रकाशन गरेको छ । सत्तारुढ दल नेकपाका सांसद नै संयुक्त सैन्य अभ्यासको विपक्षमा उभिँदै सरकारको आलोचनामा उत्रिएपछि नेपाल सरकार पछि हटेको उसले समाचारमा जनाएको छ ।

त्यस्तै फर्स्ट पोस्टले बिमस्टेकको संयुक्त सैन्य अभ्यासबाट नेपाललाई केही फाइदा नपुग्ने भएपछि पछि हटेको समाचार प्रकाशन गरेको छ । साथै उसले पनि संयुक्त सैन्य अभ्यासमा सहभागी हुने विषयमा नेपालमा बढेको राजनीतिक विवादलाई नै यसको प्रमुख कारण भनेर उल्लेख गरेको छ ।

भोलिदेखि महाराष्ट्रको पुणेमा हुने भनिएको संयुक्त सैन्य अभ्यासमा बिमस्टेक सदस्य राष्ट्रका ३०–३० जना सैन्य अधिकारीको उपस्थिति हुने कार्यक्रम थियो । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

1 Comments

  • dil limbu

    Sept. 10, 2018, 1:03 p.m.

    भाारतले बेलाबेलामा कति झट्का दिइराखेको छ यो त उसका लागि के झट्का होला र अझ यो भन्दा झट्का दिन पाए पो झट्का हुन्छ त ।

  •  0 Reply

तपाईको प्रतिक्रिया