सरकारले हुकुमी शासन चलाउन थाल्यो : पौडेल

 भदौ २४, २०७५ आइतबार १७:३९:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द पौडेल सरकार लोकतन्त्रप्रति प्रतिबद्ध नरहेको आरोप लगाउनु भएको छ । 

वरिष्ठ नेता पौडेलले सरकारले नागरिक स्वतन्ता समेत हनन् हुनेगरी सबै संवैधानिक निकायलाई समेत निकम्मा बनाउने काममा लागिपरेको भन्दै आपत्ति पनि जनाउनु भयो । उहाँले न्यायालयलाई समेत हस्तक्षेप गरेर मुुलुकमा हुकुमी शासन चलाउन सरकार लागिपरेको पनि दोहोर्‍याउनु भयो । 

आइतबार वीपी कोइरालाको १ सय ५ औं जयन्तिको अवसर पारेर काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले वीपीको जीवन दर्शनबाट सिकेर कम्युनिष्ट नेतृत्वको सरकारको जनता विरोधी कदम रोक्न एकतावद्ध हुन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रेस स्वतन्त्रताको समेत हनन् गरिरहेको आरोप लगाउँदै सरकारको चर्काे आलोचना गर्नु भयो । मूल्यवृद्धि लगायतका काम गरेर सरकारले नागरिकलाई मारमा पार्ने काम गरेको उपसभापति निधिको दावी छ ।

कार्यक्रममा नेपालको राजनीतिमा वीपी कोइरालाको चिन्तनले पु¥याएको योगदानको चर्चा गरिएको थियो ।
 
 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया