विशाल भारद्वाजसँग लिएको साइनिङ्ग रकम किन फिर्ता गरिन् दीपिकाले ?

 भदौ २४, २०७५ आइतबार १८:३:५० | उज्यालो सहकर्मी
unn.prixa.net

अभिनेत्री दीपिका पादुकोणले निर्देशक विशाल भारद्वाजलाई यसअघि साइन गर्दा लिएको साइनिङ्ग रकम फिर्ता गरेको खबर सार्वजनिक भएको छ । 

दीपिका पादुकोण र इरफान खानलाई लिएर विशाल भारद्वाजले फिल्म ‘सपना दिदी’ बनाउने तयारीमा रहेमा रहेका थिए । 

तर इरफान खानलाई अचानक क्यान्सर रोग देखिएपछि यो फिल्मको काम अनिश्चित समयको लागि पछाडि धकेलिएको थियो । अहिले इरफान खान लण्डनमा न्यरोइन्डोक्राइन ट्यूमरको  उपचार गराइरहेका छन । खबरहरुका अनुसार इरफान खान उपचारपछि यस फिल्मको काम सुचारु गर्ने बताइएको थियो । 

अहिले दीपिका पादुकोण र रणवीर सिंंहको विवाहको चर्चा चलिरहेको छ । दीपिका र रणवीर यसै वर्षको नोभेम्बर २० मा इटलीको लेक कोमोमा विवाह गर्ने योजनामा छन् । 

तसर्थ दीपिकाले यसअघि विशाल भारद्वाजका साथ फिल्म ‘सपना दिदी’ साइन गर्दा लिएको रकम फिर्ता गरेकी हुन् । साथै उनले इरफान खान निको भएर फर्किएपछि यस फिल्ममा सहकार्य गर्ने बताएकी छिन् । 
 

अन्तिम अपडेट: असोज २६, २०७५

तपाईको प्रतिक्रिया