मल्दोभाका राष्ट्रपति इगोर डोडोन कार दुर्घटनामा परे

 भदौ २४, २०७५ आइतबार १८:४५:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

मल्दोभाका राष्ट्रपति इगोर डोडोन कार दुर्घटनामा परि घाइते भएका छन् ।

राजधानी किसिनाउबाट उत्तर पूर्वमा रहेको स्ट्रासेनी शहर नजिकै भएको राष्ट्रपतिको सुरक्षार्थ खटिएका सवारी साधन दुर्घटना हुँदा राष्ट्रपति इगोर डोडोन घाइते भएका हुन् ।

स्थानीय सञ्चारमाध्यमहरुका अनुसार घाइते राष्ट्रपतिलाई तत्काल अस्पताल लगिएको छ । उनीहरुका अनुसार सडक छेउमा दुर्घटनाका कारण उत्तानो परेको कारको अवशेष देख्न सकिन्छ । 

दुर्घटनामा परे पनि राष्ट्रपतिको अवस्था भने चिन्ताजनक नरहेको बताइएको छ । ४३ वर्षीय डोडोन सन् २०१६ देखि राष्ट्रपतिका रुपमा मल्दोभामा शासन गर्दै आउनुभएको छ ।
 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया