आयल निगमबाट बर्खास्त भएका झाले दूरसञ्चार प्राधिकरणको अध्यक्षको सपथ खाए

 भदौ २४, २०७५ आइतवार २०:१६:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – सरकारले दूरसञ्चार प्राधिकरणको अध्यक्षमा पुनः नियुक्ति गरेका दिगम्बर झाले आज सपथ ग्रहण गर्नु भएको छ । 

सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सपथ ग्रहण गराएपछि झाले आजै प्राधिकरणमा पदबहाली गर्नु भएको छ । गएको असारमा अयोग्य भन्दै वर्खास्त गरिएका झालाई गत बिहीबारको मन्त्रिपरिषद बैठकले फेरि प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो । 

नेपाल आयल निगमका महाप्रबन्धक बनिसकेका झामाथि आफ्नो कार्यकाल दोहो¥याउन तत्कालीन आपूर्ति मन्त्री लेखराज भट्टलाई १० करोड घुसको प्रस्ताव गरेको आरोप छ । त्यतिबेला भट्टले घुसको प्रस्ताव गर्ने झालाई आयल निगममा दोहो¥याउन नचाहेपछि झा दूरसञ्चार प्राधिकरणमा पुग्नु भएको थियो । 

शेरबहादुर देउवा नेतृत्वको सरकारमा प्राधिकरणमा कार्यकाल थप्न सफल झालाई असारमा अहिलेको सरकारले बर्खास्त गरेको थियो । तर बर्खास्त भएको २ महिना नपुग्दै झा प्रधानमन्त्री केपी शर्मा ओली र सञ्चार मन्त्री बाँस्कोटलाई प्रभावमा पार्दै प्राधिकरणको अध्यक्ष बन्न सफल हुनु भएको हो । 

झाले यसअघि प्राधिकरणको अध्यक्षमा रहँदा अनियमिता गरेको भन्दै छानबिन समितिले प्रतिवेदन दिएको भए पनि त्यो प्रतिवेदनलाई लुकाउँदै सरकारले झालाई अध्यक्ष बनाएको हो । ६५ वर्ष पुग्नै लागेका झाले अझै ५ वर्ष प्राधिकरणको अध्यक्षमा काम गर्नुहुने छ ।

अन्तिम अपडेट: असोज ९, २०७५

1 Comments

  • Hari sharma

    Sept. 9, 2018, 8:25 p.m.

    साम्सुङ्को आइफोन उपहार पाए होलान् , कुरा मिलि गयो ।

तपाईको प्रतिक्रिया